सिलगढी: ईस्टर्न बाइपास क्षेत्रमा सडकको जग्गा कब्जा गरेर बहुतले भवन निर्माण भइरहेको छ। यस्तो आरोप लगाउँदै भाजपा विधायक शिखा च्याटर्जीले सो क्षेत्रमा विरोध प्रदर्शन गरीन्। ईस्टर्न बाइपास नजिकैको क्षेत्रमा निजी कम्पनीले बहुतले भवन निर्माण गरिरहेको छ। भारतीय जनता पार्टीले वन विभागको सरकारी सडकको जग्गा कब्जा गरेर बहुतले भवन निर्माण भइरहेको आरोप लगाएको छ। डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी समेत भाजपा कार्यकर्ताहरूले निर्माणाधीन बहुतले भवनको अगाडिको काम रोक्न माग गर्दै बिहीबार धर्ना दिए। सो विरोधका कारण उक्त क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। पुलिसले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।









