रामनवमी शोभायात्रामा हिंसाकाण्डः एनआईए जाँचको आदेश

Opindia-Images-2022-03-10T174113.676.jpg.jpeg

ममता सरकारलाई हाई कोर्टको झट्का

कोलकाता: पश्चिम बंगालका हावड़ा, हुगली ओ हालकोलामा गए रामनवमी अवधि भएको साम्प्रदायिक हिंसाको एनआईएद्वारा जाँच गराउने आदेश कलकत्ता हाई कोर्टले दिएको छ। बिहीवार कार्यकारी प्रमुख मुख्य न्यायाधीस न्यायमूर्ति टीएस शिवगणनम तथा हिरणमई भट्टाचार्यको खण्डपीठले सो आदेश दिएको छ। एनआईएले मामिलाको जाँच आजदेखि नै शुरू गरेको छ। जाँच सम्बन्धी सबै रिपोर्ट तथा दस्तावेज आगामी दुई साताभित्रमा राज्य पुलिसलाई सुम्पिनुपर्नेछ ।नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यस मामिलामा याचिका दर्ता गराएका थिए। उनले दाबी गरेका थिए, रामनवमीको शोभायात्रामा योजनाबद्ध ढंगले हमला गरिएको छ। यसको पछाड़ि कट्टरपन्थीको हात छ जसले रामनवमी शोभायात्रामा हमला गर्ने पूर्ण योजना बनाएको थियो। कोर्टमा घटनाको भीडियो पनि पेश गरियो जसमा पुलिसलाई स्थितिलाई नियन्त्रण गर्नको सट्टा ढुङ्गामुडा गरिरहेको तथा शोभायात्रामा ढुङ्गामुडा गरिरहेका अल्पसंख्यक समुदायको साथमा चुपचाप बसिरहेको देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement