अलीपुरद्वार: अलीपुरद्वारको बारोबिशामा जनसभालाई सम्बोधन गर्दै तृणमूल नेता अभिषेक ब्यानर्जीले कार्यकर्ताहरूलाई सन्देश दिएका छन्। तिनले कुचबिहारको भ्रमण पूरा गरेपछि आज अलीपुरद्वारमा जनसम्पर्क यात्रा शुरू गरे।सबैभन्दा पहिला तिनी अलीपुरद्वारको कुमारग्राम खण्ड अन्तर्गत बारोबिशा पुगे। बारोबिशाको विवेकानन्द मैदानमा आयोजित एउटा जनसभालाई तिनले सम्बोधन गरे। अभिषेकले जनसभालाई सम्बोधन गर्ने क्रममा केन्द्रको भाजपा सरकारमाथि निक्कै गर्जिएर निशाना बनाए। तिनले भने, केन्द्रले बंगालको जनताको सय दिनको कामको पैसा रोकेर राखेको छ। भाजपा बंगालमा पराजित भएको छ, यसैले बंगालको जनतासित बद्ला लिइरहेको छ। आगामी दिनमा एक करोड़ चिट्ठी लिएर म दिल्ली जानेछु अनि अनिश्चित कालको लागि धरनामा बस्नेछु। तर बंगालको जनताको एक सौ दिनको कामको रूपियाँ लिएर मात्र फर्किनेछु।










