सिलगढी: आर्य समितिले ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा तीनदिने हाजिरी जवाब प्रतियोगिताको आयोजना गर्ने भएको छ। आर्य समितिले वर्षभर विभिन्न कार्यक्रम आयोजना गरेको छ। पछिल्ला दिनमा पर्वको शुरुवात रंगारंग शोभायात्राबाट भएको थियो। यस वर्षलाई अविस्मरणीय बनाउन सिलगडी क्विज क्लबको सहयोगमा २९, ३० अप्रिल र १ मई आर्य समिति हलमा उत्तर बंगाल र दक्षिण बंगालका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा वृहत स्तरमा क्विज प्रतियोगिता आयोजना गर्न लागिएको छ। आज देशबन्धुपाडास्थित आर्य समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा मुख्य संस्थाका प्रायोजक गौतम देव, सिलगढी नगरपालिकाका डेपुटी मेयर रञ्जन सरकार, ४ नम्बर बोरोका अध्यक्ष जयंत साह,वडा नम्बर २७ का पार्षद प्रशान्त चक्रवर्तीलगायतले जानकारी दिए। आर्य समितिका सचिव राणा दे सरकारले पत्रकार सम्मेलन गरी आर्य समितिको हीरक जयन्ती समारोहको विवरण प्रस्तुत गरे। पत्रकार सम्मेलनमा गौतम देवले, यस क्विज प्रतियोगितामा उत्तर बङ्गाल र दक्षिण बङ्गालका लगभग हरेक विद्यालयका विद्यार्थीले भाग लिने बताए। विशेष क्विज मास्टरले वर्तमान घटनाहरूबारे प्रश्नहरू सोध्नेछ। साथै आर्य समितिको हीरक जयन्तीका अवसरमा वर्षभरि नै उत्सव मनाइने छ। आजको पत्रकार सम्मेलनमा उपस्थित अन्यहरुमा दुई क्विज मास्टर अनुप विश्वास र करनजित सेनशर्माको पनि उपस्थिति थियो।









