२७ अप्रेलः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले महत्त्वपूर्ण फसेला लिँदै विदेशी मूलका खेलाड़ीहरूमाथि प्रतिबन्ध लगायो। अब १ जूनदेखि शुरु हुने नयाँ सीजनमा विदेशी मूलका खेलाड़ीहरूले (पुरुष र महिला दुवै) शहर, जिल्ला अनि राज्यको सबै डीविजन लीगमा हिस्सा लिन सक्नेछैनन्। एआईएफएफ कार्यकारी समितिको १४ अप्रेलमा भएको बैठकमा यस्तो फसेला लिइएको छ। एआईएफएफ-का सेक्रेटरी जेनरल शाजी प्रभाकरनले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका छन्।









