अलिपुरद्वार: आगामी दिनहरूमा, पञ्चायतहरूले योग्य उम्मेद्वारहरू छान्नुपर्छ, जसले आफ्नो अधिकारको लागि लड्न सकोस न की दिल्लीका बाबुहरूको अगाडि शिर मात्र निहुराइरहोस। अभिषेक ब्यानर्जीले बिहीबार अलिपुरद्वारमा बारोबिशा जनसभाबाट कार्यकर्ताहरूलाई यो सन्देश दिए। कुचबिहार भ्रमण पछि बिहीबार अलिपुरद्वारबाट जनसम्पर्क यात्रा सुरु गरे। अभिषेक ब्यानर्जी पहिले अलिपुरद्वारको कुमारग्राम ब्लकको बरोबिशा पुगे। बारोबिशाको विवेकानन्द मैदानमा भएको जनसभामा अभिषेक सहभागी भए। उक्त जनसभामा अभिषेकले बंगालका जनताको १०० दिनको कामको पैसा केन्द्रले रोकेको बताए। भाजपा बंगालमा हारेको छ, त्यसैले बंगालका जनतासंग बदला लिइरहेको छ। उनले भने, आगामी दिनमा बंगालका जनताको तर्फबाट एक करोड चिठ्ठी लिएर दिल्ली जान्छु, अनिश्चितकालका लागि धर्नामा बस्छु, तर बंगालका जनताको १०० दिनको कामको पैसा लिएर नै फर्कन्छु। उनले भने कि तृणमूलमा ख़राब काम गर्नेहरूलाई कारबाही गरिएको हो। त्यसैले उनले पञ्चायतमा योग्य उम्मेदवारहरू मात्र छनोट गर्न आह्वान गरे।










