सिलगढी: काममा जाने क्रममा रेलको ठक्करबाट एक युवक गम्भीर घाइते भएका थिए। घटना न्यू जलपाइगढी पुलिस स्टेशन क्षेत्र अन्तर्गत कामरंगागढी ओभरब्रिज रेलवे लाइन क्षेत्रमा भएको हो। पारिवारिक स्रोतका अनुसार सिलगढी नगरपालिकाको वार्ड नम्बर ३२ का २४ वर्षीय मनोज सेनगुप्त बुधबार बिहान काममा जाँदै थिए। कामरङ्गागढी ओभरब्रिजमा रेल लाइन पार गर्ने क्रममा रेलले ठक्कर दियो। सूचना पाएपछि न्यू जलपाइगढी पुलिस र जीआरपीएफ पुलिस घटनास्थलमा पुगेका थिए। उनलाई तत्काल उद्धार गरी गम्भीर अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। तर पुलिस स्रोतका अनुसार उनको उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। पुलिसले घटनाबारे छानबीन गरिरहेको जानकारी प्राप्त भएको छ।









