पुलिसको गोली लागेर एक युवकको मृत्यु, फेरि तात्तियो कालियागञ्जको माहौल

31eb4051-265a-4f8d-ba5c-74facfbe2ec4-1

उत्तर दिनाजपुर: पुलिसको गोली लागेर एक युवकको मृत्यु भएको आरोपमा कालियागञ्ज फेरि आन्दोलित भएको छ। यो घटनाले फेरि एकपटक सहरमा तरंग पैदा गरेको छ। पुलिस चौकी आगजनी घटनाका आरोपीलाई पक्राउ गर्दा पुलिसले गोली चलाएको आरोप लागेको छ। गोली लागेर एक युवकको मृत्यु भएको बताइएको छ। घटना बुधबार राति कालियागञ्ज ब्लकको राधिकापुर क्षेत्रमा भएको हो। स्रोतका अनुसार मृतक युवकको नाम मृत्युञ्जय बर्मन (३३) रहेको छ। उनी राधिकापुर क्षेत्रको चादगाउँका बासिन्दा थिए। भाजपाले बुधबार राति राधिकापुर पञ्चायत समिति सदस्य विष्णु बर्मनको घरमा पुलिसले छापा मारेको आरोप लगाएको छ। त्यतिबेला उनी घरमा नभएकाले उनका बुड़ो बुवालाई पुलिसले पक्राउ गर्न खोजेको थियो। त्यतिबेला गाउँलेहरूले पुलिसको बाटो रोकेका थिए। पुलिसले शंकाका आधारमा दुई राउण्ड फायर गरेको आरोप छ। शरीरमा गोली लागेर मृत्युञ्जय गम्भीर घाइते भए। तत्कालै उनलाई कालियागञ्ज स्टेट जनरल अस्पताल पुर्‍याउँदा ड्युटीमा रहेका डाक्टरले मृत्युञ्जय बर्मनलाई मृत घोषणा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *