नेपालमा जेएसपी अध्यक्ष उपेन्द्र यादव बाराबाट जित्दै बने सांसद

Untitled-1-copy-187

काठमाडौंः नेपालको संसदको छैठौं शक्ति जनता समाजवादी पार्टी जेएसपीका अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं २ बाट जित्दै सांसद बनेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी सीके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरेका हुन्। अप्रेल २३ मा भएको उपनिर्वाचनको अन्तिम नतिजामा यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी गराए। केपी ओली नेतृत्वको सीपीएन यूएमएलका पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएर तेस्रो स्थानमा रहे। बाराबाट तीनजना उम्मेदवार बाहेक कसैको पनि जमानत जोगिएन। राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका उम्मेदवार रमेश खरेल २ हजार ८२९ मत मात्र ल्याउन सफल रहे। सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याए। उपेन्द्र यादव २० नोभेम्बर २०२२ को चुनाउमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी २ बाट दोब्बर बढी मतान्तरले पराजित भएका थिए। बारा २ मा भने उनले राउतकै दलका उम्मेदवारलाई पराजित गरे। जसपाबाट सांसद बनेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ को सांसद पद रिक्त थियो। उपेन्द्र यादवलाई सांसद बन्ने ढोका खोल्न पनि रामसहायलाई उपराष्ट्रपतिमा बढाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement