तारा भट्टराई र निकनोर प्रधानसहित लगभग ३० जना एसआरपीमा सामेल

Untitled-1-copy-186

गान्तोकः हाम्रो सिक्किम पार्टीका पूर्व प्रवक्ता तारा भट्टराई र पूर्व उपाध्यक्ष निकनोर प्रधान सिक्किम रिपब्लिकन पार्टीमा सामेल भएका छन्। केही महिना अघि हाम्रो सिक्किम पार्टीमा रहेको पद र प्राथमिक सदस्यताबाट राजीनामा दिएका दुवैजना बुधबार सिक्किम रिपब्लिकन पार्टीमा सामेल भएका हुन्।

गान्तोक नजिक अदमपुलमा आयोजित सिक्किम रिपब्लिकन पार्टीको संगठन विस्तार कार्यक्रम अवधि उनीहरूले पार्टी अध्यक्ष केबी राईको बाहुलीबाट सिक्किम रिपब्लिकन पार्टीको झण्डा समाए। पार्टीमा सामेल भएपछि दुवै युवा नेताले सिक्किम रिपब्लिकन पार्टीले जाति र माटोको मुद्दालाई दह्रिलो रुपमा बोकेका कारण यसमा सामेल भएको बताए।

यस अवसरमा राज गदाइली, फिरोज लोहागुण, सिएम सेवा सहित विभिन्न निर्वाचन क्षेत्रबाट आएका लगभग 30 जना सिक्किम रिपब्लिकन पार्टीमा सामेल भएका थिए। यस कार्यक्रमलाई सम्बोधन गर्दै एसआरपीमा सामेल भएका तारा भट्टराई, निकनोर प्रधान, फिरोज लुहागण र मोती शर्माले एसआरपीको कार्यक्रमले मात्र सिक्किमका सबै समुदायको हक र अधिकार सुनिश्चत गराउन सक्ने र सिक्किमेको पहिचान र अस्तित्व बाँच्ने दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement