ईडीद्वारा अनुब्रताकी छोरी सुकन्या मण्डल पक्राउ

IMG-20230410-WA0169.jpg

कोलकाता: गाईवस्तु तस्करी मामिलामा ठूलो कारबाही गर्दै, ईडीले बुधबार तृणमूल कांग्रेसका नेता अनुब्रत मण्डलकी छोरी सुकन्या मण्डललाई सोधपुछ पछि पक्राउ गर्यो। ईडीले यस मामिलामा सुकन्या मण्डललाई बेहिसाब सम्पत्ति र उनीसँग प्रत्यक्ष रूपमा जोडिएको ब्यांक खाताहरूको बारेमा बोलाएको थियो। सुकन्या पेशाले राज्य सरकारद्वारा सञ्चालित प्राथमिक विद्यालयमा शिक्षिका हुन्l अनुसन्धान र ईडी अधिकारीहरूले सोधेका प्रश्नहरूमा सहयोग नगरेको आरोप छ। यसअघि पनि उनलाई पटकपटक सोधपुछका लागि बोलाइएको थियो। उनले दुई पटक ईडीको सामना गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement