अभिषेक ब्यानर्जी तृणमूलको ‘नवजोर’ कार्यक्रम राजगञ्जमा

Untitled-1-copy-183

राजगञ्जः तृणमूल कांग्रेस महासचिव अभिषेक ब्यानर्जी तृणमूलको ‘नवजोर’ कार्यक्रममा राजगञ्ज आउँदैछन्। सिलगढीका मेयर गौतम देवले बुधबार राजगञ्जस्थित श्री संघ क्लबको मैदानको भ्रमण गरे। ब्यानर्जीले २५ अप्रेलबाट तृणमूलको नवजोर कार्यक्रम सुरु गरेका छन्। यस कार्यक्रममा राजगञ्जस्थित श्री संघ क्लबको मैदानमा आउनेछन्। मैदानमा मञ्च बनाउने काम सुरु भएको छ। आज सिलगढी मेयर गौतम देव र राजगंज विधायक खगेश्वर राई लगायतका स्थानीय नेताहरूले मैदानको तयारीको समीक्षा गरेका थिए। यस सम्बन्धमा सिलगढीका मेयर गौतम देवले भने कि अभिषेक ब्यानर्जीले अप्रेल २९ मा दिउँसो राजगञ्जमा जनसम्पर्क सभा गर्ने छन्। जसका कारण मैदानको तयारीको जानकारी लिन पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement