मजदुर दिवस तयारीलाई लिएर समीक्षा सभा सम्पन्न

IMG-20230426-WA0272.jpg

गान्तोक: आगामी ‍१ मईको दिन पालन गरिने विश्व मजदुर दिवसलाई ध्यानमा राख्दै पाकिम जिल्ला अन्तर्गत रम्फू नजिक कुमरेकमा राज्य स्तरीय मजदुर दिवस भव्यरूपमा पालन गरिने भएको छ। यस विषयलाई ध्यानमा राख्दै आज राज्यका श्रम विभाग मन्त्री लोकनाथ नेपालको अध्यक्षतामा तयारीबारे समीक्षा सभा सम्पन्न भयो। उक्त दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहने आयोजक समितिले जानकारी गराएको छ। समीक्षा बैठकमा मजदुर दिवस कार्यक्रमलाई भव्य अनि सभ्य रूपमा आयोजन गर्न सबैले आ-आफ्नो पक्षबाट सर सल्लाह साथै सुझाउ दिए। आजको समीक्षा बैठकमा राज्यका विद्युत विभाग मन्त्री एमएन शेर्पा, प्रमुख सचिव सीएस राव, सचिव कर्म नामग्याल भोटिया, पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, पुलिस अधीक्षक, एसकेएम श्रमिक प्रकोष्ठका अध्यक्ष प्रेमराज गुरुङ, सल्लाहकार मनोज प्रधान, श्रमिक कल्याण बोर्डका अध्यक्ष गंगा प्रसाईं लगायत अन्यको उपस्थिति रहेको थियो। बैठकमा कार्यक्रमको सफल आयोजनाको निम्ति विभिन्न महत्वपूर्ण विषयहरू माथि छलफल भयो भने मन्त्री नेपालले सबै अधिकारी, कारखाना प्रमुख तथा सम्बन्धित पक्षको समन्वयमा समारोहलाई सफल बनाउनुपर्ने कुरामाथि जोर दिए। बैठकपछि मन्त्री नेपालले कार्यक्रमस्थलको निरीक्षण गर्दै हालसम्म गरिएको तयारीबारे विस्तृत जानकारी लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement