गान्तोकः भारत सरकारको आवास तथा शहरी मामिला सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू सिक्किम आइपुगेका छन्। समितिका सदस्यहरू पॉंच दिवसीय सिक्किम भ्रमणमा आएका हुन्।टोलीमा महाराष्ट्रका राज्य सभा सांसद कुमार केतकर, मध्य प्रदेशकी सांसद कविता पाटीदार र मध्य प्रदेशका सांसद डा. कल्पना साइनी सामेल छन्। समितिका सदस्यहरूलाई आज पाकिम हवाई अड्डा स्वागत जनाइयो। उनीहरू आगामी ३० अप्रेलसम्म सिक्किमको अध्ययन भ्रमणमा आएका हुन्। यस अवसरमा शहरी विकास विभागका अतिरिक्त मुख्य अभियन्ता संजय कुमार सिंह, पाकिमका एसडीएम छिरिङ नार्गेल थीङ तथा अन्यहरू उपस्थित थिए।










