गान्तोक: सिक्किमका केसाङ वाङचुक भोटियाद्वारा निर्देशित फिल्म हरर फिल्म ‘सीमा’ ग्रेट इण्डियन सर्ट फिल्म फेस्टिभलमा पुरस्कृत बनेको छ। सीमा- ले ‘बेस्ट थ्रिलर फिल्म को अवार्ड जितेको छ। यो पुरस्कार निर्देशक केसाङ वाङचुक भोटियाले तकनीकी सहायक जगन्नाथ गौतमको साथमा ग्रहण गरे। उक्त समारोह कोलकाताको सरत सदन प्रेक्षागृहमा २५ अप्रेलका दिन आयोजन भएको थियो। निर्देशक भोटियाले फिल्म मन पराइदिने जज, जुरी, फिल्म फेस्टिभल टीम तथा अन्यहरू सबैलाई धन्यवाद दिएका छन्।










