जोफ्रा आर्चरको सर्जरी सफर, खेल्न तयार

IMG-20230426-WA0246.jpg

२६ अप्रेलः ईंग्ल्याण्डका पेस बलर जोफ्रा आर्चरको आईपीएलकोबीचमा कुहिनाको सानो सर्जरी भयो। मुम्बई इण्डियन्सबाट खेल्दा उनको पुरानो चोट बल्झिएको थियो अनि उनी १९ दिनदेखि ब्रेकमा थिए। आर्चर सर्जरीको निम्ति बेल्जियम गएका थिए। उनको सर्जरी एण्टवर्पमा दिग्गज सर्जन रोजर वान रियेतले गरे, जो कुहिनाका विशेषज्ञ हुन्। अहिले आर्चर आइतवार राजस्थान रोयल्स विरुद्ध खेल्नको निम्ति फिट छन्। आर्चरले आरसीबी विरुद्ध मुम्बईको पहिलो म्याच खेलेका थिए। त्यसपछि १९ दिनको ब्रेक लिएर आर्चरले पञ्जाब किंग्स विरुद्ध म्याच खेले अनि 4 ओभरमा ४२ रन खर्च गरी १ विकेट लिएका थिए। मुम्बई इण्डियन्सले आर्चरलाई ८ करोड़ रुपियाँमा खरीद गरेको थियो। कुहिनाको चोटले गर्दा उनले गत सीजन पूरा खेल्न सकेका थिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement