खरसाङ: केही दिन अघि खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली समष्टीको मजुवामा आगलागीमा घर नष्ट हुनको साथै एकजना वृध्दले ज्यान गुमाएका थिए। उक्त शोेकित परिवारसंग भेट गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स मझुवा पुगेका थिए। गत केही दिन अघि खरसाङ महकुमा अन्तर्गत चिम्नी देवराली समष्टिको मझुवा बस्तीको एउटा घरमा भयानक आगो लागेको थियो। भीष्म आगोको चपेटमा परेर घरको वृद्व ब्यक्तिको निधन भएको थियो भने छोरा खरसाङ अस्पतालमा उपचाराधीन रहेका छन्।सिटोङमा हर घर जल योजनाको शिलान्यास कार्यक्रममा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आएका थिए। त्यसै अवधि हाम्रो पार्टीको खरसाङ²ङ महकुमा समितिको सचिव विमल तामाङलाई टेलिफोन गरेर मझुवा आउँदैछु भन्ने जानकारी गराएर उनी अग्नि पिडित परिवारको सदस्याहरूसंग भेट गर्न पुगेका थिए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अग्नि पिडित परिवारलाई आर्थिक सहयोग पनि प्रदान गरेको जानकारी प्राप्त भएको छ। आपत र संकटमा परेका मानिसहरूलाई सहयोगको हात बढाउन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स जहाँ पनि पुग्ने गरेको पार्टी प्रतिनिधिहरूले बताएका छन्। उनको यस्तै मानवीय गुण देखेर मझुवा बस्तीको मानिसहरूले प्रभावित बनेको पनि बताएका छन्। हाम्रो पार्टीको खरसाङ महकुमा समिति सचिव विमल तामाङले पार्टी अध्यक्ष अजय एडवाडर्सले मझुवा बस्तीमा आगोले एक वृद्वको निधन भएको अनि उनको छोरा अस्पतालमा उपचाराधीन रहेको थाहा पाएर मलाई फोन गरेका थिए अनि म मझुवा आउँदैछु भन्ने सूचना दिए तर हामी अग्नि पिडितको घरमा पूग्न अघि अध्यक्ष एडवाडर्स अग्नि पिडितको घरमा पुगिसकेको अनि पिडित परिवारहरूसंग कुराकानी गर्दै गरेको देख्यौं भनी बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको यस्तो मानवीय गुणदेखि आफु स्वयम् पनि प्रभाहित भएको तामाङले बताए।त्यसरी नै मझुवा बस्तीको बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको मानवीय कार्यदेखि अति नै प्रभाहित भएको बताए। स्थानीय गाउँलेहरूले स्पष्ट शब्दमा भने आपत र समस्यामा परेका समयमा खडा मात्र भई दिन्दा पनि धेरै श्वास र हौसला आउँछ जो काम अजय एडवाडर्सले गरेको छ अनि हामी यस कार्यको निम्ति अति नै आभारी छौं भनी बताएको विमल तामाङले बताएका छन्।










