माकुममा एक किलो आईईडी उद्धार

pratidintime_2023-04_de9502c3-316d-45a8-a0e2-a75a546cff4d_WEB_PT_222.jpg

तिनसुकिया: तिनसुकिया जिल्लाको माकुममा बुधवार एक शक्तिशाली आईईडी भेटिएको छ।पुलिस टीमले क्षेत्रलाई घेरेर छानबीन शुरू गरेको छ। पछि सेनाको बम निरोधक दस्ताले आईईडीलाई निष्क्रिय गयो ।सेनाले आज माकुम बाईपासमा फ्लाईओवर मुनिबाट लगभग एक किलो ओजनको आईईडी उद्धार गयो। पुलिस एवं सेनाले पूरा क्षेत्रको घेराबन्दी गर्यो। सुरक्षाबलहरूले बाईपासमा कुद्ने सबै वाहनहरूलाई रोक्यो। यही अवधिमा सेनाको बम निरोधक दस्ताले आईईडीलाई एक खाली बारीमा लगेर निष्क्रिय गयो। फ्लाईओवरमुनि आईईडी कसले राखेको थियो, अहिलेसम्म यसको कुनै जानकारी छैन।सेना र पुलिसले यस मामिलाको जाँच गरिरहेछ। लामो समयपछि राज्यमा आईईडी भेटिएको घटना अघि आएको छ। हिजो रातिपनि कछार जिल्लामा चिया कमानभित्र एक सयगुणको रूख नजिक बम विस्फोट गरिएको थियो, जसमा रूखलाई भारी नोकसान भएको थियो। राज्यमा लगातार दुई दिनमा दुई अलग-अलग क्षेत्रमा बम भेटिनुलाई लिएर किसिम-किसिमको अड़कल लगाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement