सीबीआईले २०१४ को टेट परीक्षार्थीहरूको विवरण माग्यो

0f115a472fb2b98db1dbb88c9e2311f51679205262743566_original.jpg

कोलकाता: केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले २०१४ मा प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) पास गर्ने सबै परीक्षार्थीहरूको पूरा डिटेल मागेको छ। यसको निम्ति केन्द्रिय एजेन्सीले पश्चिम बंगालको प्राथमिक शिक्षा परिषदलाई एउटा चिट्ठी लेखेको छ। सीबीआईको भ्रष्टाचार निरोध दस्ताका डप्टी सुपरिटेन्डेन्ट संजय कुमार श्यामलले यो चिट्ठी पठाएका छन्। यसमा भनिएको छ, २०१४ मा टेट परीक्षा पास गरेपछि जसले नौकरी पाएको छ, उसको सीरियल नम्बर, नाम, जन्म प्रमाण पत्र, पिताको नाम, वर्तमान ठेगाना, कुन स्कूलमा नौकरी गरिरहेछ र उसको मोबाइलको डिटेल दिनपर्नेछ। प्राथमिक शिक्षा बोर्डका अध्यक्षलाई नोटिस पठाइएको छ। यसमा भनिएको छ, कलकत्ता उच्च न्यायालयद्वारा ८ जून २२ मा जारी एक आदेशको आधारमा सीबीआईले भर्ती भ्रष्टारको जाँचको उद्देश्यले यो जानकारी मागेको छ। साथै ती शिक्षकहरूको नियुक्तिलाई लिएर २०१६ , २०१७ र २०१८ मा जारी सर्कुलरको कपि पनि सीबीआईलाई दि जाओस्। ती शिक्षकहरूबारे सबै जानकारी एकत्र गरी कोलकातामा सीबीआईको निजाम पैलेस कार्यालयको १४औं तलामा जमा गराउनपर्नेछ। यस नोटिसपछि बोर्डको तर्फबाट एक अधिसूचना मुख्य रूपमा जिल्ला प्राथमिक विद्यालय शिक्षा परिषद अध्यक्षहरूको निम्ति जारी गरिएको छ। बोर्डको तर्फबाट उप सचिव पार्थ कर्मकारले सर्कुलर जारी गरी सबै जिल्लाहरूका प्राथमिक शिक्षा परिषदहरूका अध्यक्षहरूलाई सूचना दिने निर्देश दिएका छन्। अधिसूचनामा यो पनि उल्लेख गरिएको छ, जिल्ला प्राथमिक विद्यालय परिषद २०१४ को टीईडी परीक्षा उत्तीर्ण गर्ने शिक्षकहरूको जानकारी दिनमा विलम्ब नगरोस् अधिसूचनाको एक हिस्सामा यो पनि उल्लेख गरिएको छ कि यो जानकारी तत्काल पठाइनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement