पाकिमः आउॅंदो अन्तरराष्ट्रिय मजदूर दिवस समारोहलाई लिएर अन्तिम समीक्षा बैठक सम्पन्न भयो। बैठक श्रम विभाग मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा समारोह स्थलको निम्ति प्रस्तावित कुमरेकमा बसेको थियो। बैठकमा परिवहन विभागका मन्त्री एमएन शेर्पा, श्रम विभागका सल्लाहकार मनोज प्रधान, श्रम विभागकी चेयरपर्सन गंगा परसाई, श्रम विभागका प्रधान सचिव सीएस राव, सचिव केएन भोटिया, जिल्लापाल टाशी छोपेल, विभिन्न फार्मा कम्पनी र डिस्टिलेरीका प्रतिनिधिहरू, विभिन्न विभागका अधिकारीहरू तथा अन्यहरू उपस्थित थिए।
मन्त्री शर्माले तयारी कार्यको प्रगतिको बारेमा जानकारी लिए। उनले उक्त दिन श्रमिकहरूको सुविधालाई ध्यानमा राख्नुपर्ने सुझाउ राखे। बैठकमा उपस्थिति प्रतिनिधिहरूले पनि आ-आफ्नो सुझाउहरू राखेका थिए।










