दुई ट्रक दुर्घटनामा एक चालकको मृत्यु

accident11-1.jpg

कोलकाता: दीघामा एक भीषण सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको घटना ११६ नम्बर राष्ट्रिय राजमार्गमा मरीसदा थाना क्षेत्रको हो।
प्राप्त जानकारी अनुसार, यहाँ बुधवार बिहाने दुई ट्रकबीच भिड़न्त भएपछि आगो लाग्यो। यसमा एक ट्रक चालक फंस्यो औं आगोमा परी उसको मृत्यु भयो। खास कुरा के छ भने जब दुर्घटना भयो र आगो लाग्यो तब धेरै जना घटनास्थलमा थिए तर स्थिति यस्तो भयावह थियो कि चालकलाई त्यसबाट निकाल्न सकिएन। पछि घटनास्थलमा पुगेको पुलिसले उसलाई निकालेर अस्पतालमा भर्ती गरायो, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे ।मृतकको पहिचान पश्चिम मेदिनीपुर निवासी शत्रुघ्न प्रसाद (३९) को रूपमा गरिएको छ। दुर्घटनाको समय खलासी पनि ट्रकमा थियो तर उसले जसो तसो ट्रकबाट निस्केर आफ्नो ज्यान बचायो। घटनास्थलमा पुगेको अग्निशमन विभागको एउटा गाडीले आगो निभाएको छ। घटनापछि दोस्रो घातक ट्रक चालक र खलासी भाग्नमा सफल रहे। पुलिसले सीसीटीभी फुटेज हेरेर उनीहरूको खोज शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement