सिन्कोना बगानका ९७ जना सिजनल कर्मचारीहरुले पाए नियुक्ति

IMG-20230426-WA0242.jpg

सिन्कोना बगानको १२ वर्ष पुरानो मांग जीटीए चिफ् अनित थापाले पूरा गरिदिएको दाबी

कालेबुङ: सिन्कोना बगानको १२ वर्ष पुरानो मांग जीटीए चिफ् अनित थापाले पूरा गरिदिएको दाबी गरिएको छ। सिन्कोना बगानका ९७ जना सिजनल कर्मचारीहरुले बगानमा रोजगार पाएको र सिन्कोना बगानको मांग १२ वर्ष पुरानो मांग रहेको थियो जुन जीटीए चिफ् अनित थापाले पूरा गरिदिएको भनी अनित थापालाई धन्यवाद दिइएको भनी सिन्कोना रिटायर्ड कर्मचारी संगठनको महासचिव केबी खवासले बताएका छन्। ३९ नम्बर समष्टि अन्तर्गत मन्सोङ, बर्मेक, काश्यम जस्ता क्षेत्रहरूमा सिन्कोना बगानहरू अवस्थित छन्। यी बगानमा अवकास भएका कर्मचारीहरुको पद रिक्त रहेको थियो। युनियनले बगानमा काम गरिरहेका सिजनल कर्मचारीहरूलाई नै रिक्त पदहरूमा नियुक्त गर्नुपर्छ भनी गत १२ वर्षदेखि अनवरत माग उठाउँदै आएका थिए। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जीटीए चिफ् अनित थापाको नेतृत्व अनि पहलमा ९७ जना सिजनल कर्मचारीहरुले नियुक्ति पाएका छन्। सिनकोना रिटायर्ड कर्मचारी सङ्गठनका महासचिव केबी खवासले जानकारी दिँदै भने, “आज हामीले जीटीए प्रमुख कार्यपाल अनित थापालाई भेट्नु आउनुको औचित्य चाहिँ के हो भने, १२ वर्षदेखि हामीले बगानमा अवकासप्राप्त भएर रिक्त भएका पदहरू आपूर्ति गर्न सीजनल कर्मचारीहरुलाई नोकरी दिलाउने मांग राखेका थियौं। त्यो मागलाई अनित थापाले पूरा गरिदिनु भएको छ। आज सिन्कोना बगानका ९७ जना सिजनल कर्मचारीहरू पूर्णतः कर्मचारी बनेका छन्। यसै खुशीमा हामीले अनित थापालाई धन्यवाद दिनु आएका हौं।”
पट्टा, कर्मचारीको प्रोमोसन पनि बगानको दीर्घकालिन मांग हो।
अनित थापा भन्छन्, “युनियन चलाउने नेता चाहिँ त्यागी नेता हुनुपर्छ। आज ९७ जनाले नौकरी पाएका छन् भने रहल ७८ जनाको पनि नौकरी पक्का हुनेछ। सिन्कोनावासीले पनि नियम अनुसार पट्टा पाउनेछन्। सरकार पट्टा दिनु तयार छ। सामान्य तरिकाले चलिरहेको सिस्टम बिगार्ने हामी नै थियौं। आज खोलिएको छ। अब विस्तारै सिन्कोना बगानको अन्य समस्याहरू पनि समाधान हुनेछ।”
पर्जा पट्टाको निम्ति डीएममार्फत् नै पहल सुरु गर्ने अनित थापाले सुझाव दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement