राज्यपालले उत्तर दिनाजपुरको कालियागंज काण्डमा मुख्य सचिव, डीजीपीसित कुरा गरे

CV_Ananda_Bose_1668698265176_1668700116389_1668700116389.webp

कोलकताः राज्यपाल डाक्टर सीवी आनन्द बोसले उत्तर दिनाजपुरको कालियागंजमा एक नाबालिग केटीको कथित सामूहिक दुष्कर्मपछि हत्याको मामिलामा मुख्य सचिव हरि कृष्ण द्विवेदी र पुलिस महानिदेशक मनोज मालवीयसित फोनमा कुरा गरेका छन्। बुधवार राजभवन सूत्रहरूले बतए अनुसार, दिल्लीमा रहेका राज्यपालले त्यहीबाट फोनमा दुवैसित कुरा गरे। दुवैले राज्यपाललाई घटनामा सघन जाँच भईरहेछ र कुनैपनि दोषीलाई क्षमा गरिनेछैन भनी आश्वस्त गरे।

त्यही, दिल्लीमा राष्ट्रिय बाल अधिकार रक्षा आयोगका अध्यक्ष प्रियंक कानूनगोले राज्यपालसित भेट गरे। गवर्नरले भऩे, उनी दिल्ली प्रवासलाई बीचमा छोड़ेर फर्किरहेका छन् किनभने एक दिनअघि मात्र कालियागंजमा फेरि हिंसा भ़ड्केको छ। विरोध प्रदर्शन गरिरहेको राजवंशी र जनजातिय समुदायले पुलिस लाठीचार्ज र अश्रू ग्यासको गोलाले घाइते भएपछि थानामा आगो सल्काए। यसको एउटा भीडियो भाइरल भएको छ, जसमा देख्न सकिन्छ, एक पुलिसकर्मी प्रदर्शनकारीहरूदेखि जोगिन्दै थानादेखि भागिरहेछ। हातमा लौरो लिएको भीड़ले उसलाई पछ्याइरहेछ। पुलिस एउटा घरमा पसेर बेडमुनि लुक्छ। भीड़ पर्खाल तोड़ेर घरभित्र पस्छ औं उसलाई बेडमुनिबाट तानेर कुटिरहेछ। उसको मुखबाट रगत बगिरहेछ। उसले हात जोड़ेर ज्यानको आफूलाई छोड़िदिने भनिरहेछ। उल्लेख्य, कालियागंजमा एक नाबालिग केटीको शव उद्धार भएको थियो। दुष्कर्मपछि उसको हत्या गरिएको परिजनले दाबी गरेको छ। मामिलामा तृणमूल कांग्रेसको स्थानीय नेतृत्वलाई नामजद गरियो। तर पुलिसले पक्राउ गरेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement