नेपालमा आयोजित पाँचौं अन्तर्राष्ट्रिय योगा च्याम्पियनसिपमा भारतका ३० प्रतिस्पर्धी सहभागी हुने

058bba76-5b3d-4c72-b14a-05b336a6bd84

सिलगढी: नेपालमा आउँदो २८ अप्रेलदेखि आयोजना हुन गइरहेको पाँचौ अन्तर्राष्ट्रिय योगा च्याम्पियनसिपम ३० भारतीय योग खेलाड़ीहरू भाग लिन गइरहेका छन्। बुधबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा संगठनका सदस्यहरूले यस्तो बताएका हुन् । योगा च्याम्पियनसिप आगामी २८ अप्रेलदेखि ३० अप्रेलसम्म नेपालको झापामा हुने बताइएको छ ।खेलमा महिला र पुरुष गरी जम्मा ६ वटा विधा हुनेछन । यस अन्तर्राष्ट्रिय खेलमा उत्तर बङ्गालका १५ सहित भारतभरका ३० खेलाडी सहभागी हुनेछन् । भारतीय टोलीका प्रशिक्षक शिव हाजराले योग च्याम्पियनसिपमा उत्तर बंगालको नतिजा निकै राम्रो भएको बताए । उनले सरकारलाई सिलगढीमा छैठौं योग च्याम्पियनशिप आयोजना गर्न अनुरोध पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement