खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको तीनधारेमा रहेको बुथ नम्बर २४५ मा आगामी पञ्चायत चुनावलाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा बुथको सभापति यादव गजमेरको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई मञ्जु ब्राह्मणले सञ्चालन गरेका थिए। सभामा स्वागत सम्भाषण भागोप्रमो तीनधारे महानदी समष्टिको सह सचिव रबि सुब्बाले राखेका थिए। सभालाई नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती राई प्रधान, २४५ बुथ कमिटीको सल्लाहकार कुमार भुजेल, पञ्चायत चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर सीबी भुजेल, २४५ बुथको संयोजक श्याम लामा आदिले वक्तव्य राखेका थिए।

सभामा वक्ताहरूले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि साथै आगामी पञ्चायत चुनावलाई लिएर पार्टीको सांगठनिक सक्रियता र पार्टी कार्यकर्ताहरुका भूमिका विषयमा वक्तव्य राखेका थिए।










