सिलगढी: सिलगढीमा अरिजित सिंहको शो-को क्रममा अरिजितले यस्ता धेरै कुरा भने जसले सबैको मन छोयो। उनीबाट धेरै मानिस प्रेरित पनि भए। उक्त कार्यक्रममा सिलगढीका दुई युवा पनि पुगेका थिए। ती दुईले अरिजितको शो-मा आफ्नो समाजसेवाको बारेमा सुनेका थिए ।ती सबै सुने पश्चात दुवै अरिजित सिंह सिलिगुडी फ्यान क्लबका सदस्य बने। यो फ्यान क्लब अरिजित सिंहको जन्मदिनको अवसरमा सुरु गरिएको हो। यो क्लब समूह विशेषरुपमा समाज सेवा र समाज कल्याणको लागि गठन गरिएको हो। यस ग्रुप मार्फत मूलतः समाजसेवाको काम गरिने ग्रुपका सदस्य नील र ऋतिकले बताए। यस ग्रूपले शुरूआती चरणकोरुपमा सिलगढीको जंक्शन इलाकामा अरिजित सिंहको जन्मदिन करिब ५० जना सडकमा घुमेर हिड्ने बेसाहारा मानिसहरूसॅंग मनाए। सो अवसरमा उनीहरूलाई केक र पाकेटको खाना वितरण गरिएको थियो।









