कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप

eb7d898b-3616-48f1-aaae-d235b67baedb

उत्तर दिनाजपुर: कालियागञ्जमा पुलिस जवानहरुले क्रोधित भीडको रोषको सामना गर्नु परेको छ। आफ्नो ज्यान जोगाउन पुलिस जवानहरू थानाबाट भागेर करिब ३०० मिटर टाढाको एउटा घरमा शरण लिन पुगे। तर, उन्मादी जनताको आक्रोशबाट उनीहरु उम्कन सकेनन्। आक्रोशित भीडले घरको ढोका भत्काएर भित्र पसे र पुलिस जवानहरूलाई कुटपिट गरे । एक सार्वजनिक भएको भिडियोमा आक्रोशित मानिसहरूले पुलिस कर्मीहरूलाई लाठी र रडले कुटेको दृश्य देखिन्छ। पुलिस कर्मीहरुले बारम्बार माफी माग्दा पनि आक्रोशित जनताले तिनीहरुलाई छाडेनन्। उनीहरुको वर्दी फुकालीदिएर भक्कुमारी कुटपिट गरेको आरोप छ। पुलिस जवानहरुको नाक भाँचिदिएको मुख फुटाईदिएको आरोप छ। उन्मादी भीडको क्रोधबाट त्यस घरको घरधनी पनि अछुतो रहेनन्। ती घरका सदस्यहरूले ज्यान जोगाउन स्थानीय एक मन्दिरमा शरण लिनु पर्यो।ती घरधनीले आफूहरूमाथि कुटपिट भएको साथै घरबाट पैसा र गरगहना पनि लुटपाट गरेको दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement