भागोप्रमो तकदाह टिस्टाभेल्ली समष्टिलाई लिएर सांगठनिक सभा सम्पन्न

IMG-20230426-WA0234.jpg

खरसाङ: तकदाह टिस्टाभेल्ली समष्टीको नामरिङस्थित जनकल्याण प्राथमिक पाठशालामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि सभा साथै आगामी पञ्चायत चुनावलाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा टिस्टा तकदाहभेल्ली समष्टीको सभासद ढेन्डुप पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सांगठनिक सभामा भागोप्रमो केन्द्रीय सांगठनिक सचिव एवं पञ्चायत चुनाव कमिटीको मुख्य संयोजक रतन थापा र भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईली विशेष रूपमा उपस्थित रहेका थिए। सभामा भागोप्रमो पार्टीलको सांगठनिक गतिविधिहरू र आगामी पञ्चायत चुनावलाई लिएर वक्ताहरूले जानकारी गराएका थिए। उक्त सांगठनिक सभामा केन्द्रीय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापा, खरसाङ महकुमा समितिको सचिव एंव मनोनित सभासद प्रमाण रसाईली, सभाध्यक्ष ढेन्डुप पाख्रिन आदिले वक्तव्य राखेका थिए।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापाले खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टीहरूमा पार्टीको सांगठनिक सभा र आगामी पञ्चायत चुनावलाई लिएर सांगठनिक सभाहरू भईरहेको छ र यसै अन्तर्गत आज टकदाह टिस्टाभेल्ली समष्टीलाई लिएर पार्टीको सांगठनिक सभा र आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर पार्टीको प्रतिनिधि सभा सम्पन्न भएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement