सिलगढी: अन्तत: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालबाट चोरी भएको नवजात शिशुले आफ्नो आमाको आँचल समातेर घर फर्किएको छ। आमा र बच्चा दुवै पूर्णरूपमा स्वस्थ छन्। बाल कल्याण समितिको स्वीकृति पाएपछि बुधबार तिनीहरु घर फर्किएका हुन्। आफन्त, इष्ट-मित्र, छर -छिमेकीहरू सबै खुसी छन्। तर,झण्डै-झण्डै आफ्नो कोखबाट जन्माएको नवशिशुलाई गुमाएकी आमाले जाँदा-जाँदै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल प्रशासनलाई सुरक्षा सम्बन्धी दुई टुक कुरा सुनाएर गईन्। उनले अस्पतालको सुरक्षा सशक्त बनाउँन प्रशासन समक्ष मांग गरिन्। कलेजका डीन डा. सन्दीप सेनगुप्ताले सुरक्षा व्यवस्था मजबुत बनाउन थप पहल गर्ने आश्वासन पनि दिए।









