अभिषेक ब्यानर्जीको आगमनको अन्तिम तयारी

fd5ea352-e6f5-4fbd-8acf-9138a2a81f66

कालचिनीः तृणमूल सर्वभारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको नेतृत्वमा थालिएको तृणमूलको नव ज्वार अभियान कार्यक्रम कोचबिहार जिल्लामा समापन भएपछि भोलि अर्थात बिहीबारदेखि अलिपुरद्वार जिल्लाको कुमारग्राम हुँदै कालचिनी थाना मैदानमा आईपुग्नेछ। अभिषेक ब्यानर्जीको आगमनलाई ध्यानमा राखेर सम्पूर्ण प्रशासनिक तयारी साथै कालचिनी थाना मैदानमा युद्धस्तरमा मञ्च निर्माण कार्य चलिरहेको छ भने यसको निरीक्षणमा सम्पूर्ण अलिपुरद्वार जिल्ला नेतृत्वहरू आएर निरीक्षण गर्दै जाने क्रम जारिरहेको छ।
बुधबार यसै निरीक्षणको जिम्मेदारी वहन गर्दै मञ्च निर्माण कार्यको निरीक्षणमा रहेको तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले सम्पूर्ण तयारी भईसकेको जनाएका छन्। प्रायः १० हजार जति तृणमूल समर्थकहरूको जमघट हुने बताउँदै सर्वभारतीय तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको स्वागतको पूर्ण तयारी गरीएको र तृणमूलको नव ज्वार कार्यक्रम अन्तर्गत अभिषेक ब्यानर्जीको महत्वपूर्ण सम्भाषण सुन्न सबै आत्तुर रहेको ब्लक सभापति बिरेन्द्र बारा उराँवले जनाएका छन्।
कालचिनीको कार्यक्रम पश्चात बिहीबार बीरपाड़ा छठ पूजा घाटमा सम्पन्न हुने चुनावी प्रक्रियामा महासचिव तथा सांसद अभिषेक ब्यानर्जी बीरपाड़ा प्रस्थान गर्नेछ भने यसपाली सम्पन्न हुने त्रिस्तरीय पञ्चायत चुनाउमा जनताले छानेको अर्थात गोप्य भोट प्रक्रियाद्वारा आएको व्यक्तिलाई नै ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदमा नामाङ्कन गर्न दिईने बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement