बुढ़ो सिमलको रुखमा लाग्यो आगो।

5bf089ee-eda8-40e4-86f3-4d73897ce54f

कालचिनीः बुधबार प्रायः अबेर अपरान्ह समय कालचिनी खण्डको राईमाटाङ चिञ्चुला चियाबारीको बीचको सड़क मार्ग किनारी रहेको एउटा बुढ़ो सिमलको रुखमा अचानक आगो लाग्दा राईमाटाङ र चिञ्चुला क्षेत्रमा खैलाबैला मच्चिएको थियो।
आगो लागेको सूचना हाँसीमारा दमकल विभागलाई दिँदा घटनास्थलमा एउटा दमकलको इञ्जिन पुगेर उक्त रुखको आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो।
आगो के कारणले लाग्यो यस सम्बन्धमा कसैले केही बताउन नसकेता पनि बुढ़ो सिमलको रुखको फेदमा शायद कसैले सिगरेट बीड़ीको ठूटा सल्काएर फ्याँक्नाले आगो लागेको हुनसक्ने आशङ्का गरीएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement