मुम्बई एयरपोर्टमा सुन जफ्त १८, सूडानी महिलाहरू पक्राउ

o60ui7c4_mumbai-airport-coronavirus-reuters-_625x300_25_May_20.jpg

मुम्बई: राजस्व गुप्तचर निदेशालय (डीआरआई) को टीमले मुम्बई एयरपोर्टमा १६.३६ किलो सहित १८ सूडानी महिला र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुनको मूल्य १०.१६ करोड़ रुपियाँ रहेको बताइएको छ। यिनीहरूले संयुक्त अरब अमीरातबाट पेस्टको रूपमा सुन मुम्बई ल्याइरहेका थिए।डीआरआई टीमलाई संयुक्त अरब अमीरातबाट मुम्बई एयरपोर्टमा व्यापक मात्रामा सुनको पेस्ट ल्याइरहेको गोप्य सूचना गए २४ अप्रेलको दिन प्राप्त भएको थियो। यस आधारमा डीआरआई टीमले मुम्बई एयरपोर्टमा निगरानी राख्दै आएको थियो। मुम्बई एयरपोर्टमा यी सबै यात्रीहरू अलग-अलग फ्लाइटबाट उत्रिनसाथ त्यहाँ तैनाथ डीआरआईको टीमले यी सबैको तलासी लियो। तलासी अवधि १८ सूडानी महिला र एक भारतीय यात्रीको सामानमा लुकाएर राखिएको १०.३६ किलो सुनको पेस्टलाई डीआरआई टीमले जफ्त गयो। यो सुनको मूल्य अन्तरराष्ट्रीय बजारमा १०.१६ करोड़ रुपियाँ हुनसक्ने अनुमान लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement