अमित शाह र सरसंघचालकले मञ्च साझा गर्ने

Amit-Shah-Mohan-Bhagwat-AFP.jpg

नागपुर: केन्द्रिय गृहमन्त्री अमित शाह र सरसंघचालक डा. मोहन भागवतले २७ अप्रेलको दिन नागपुरमा आयोजना भइरहेको एक कार्यक्रममा एकसाथ भाग लिनेछन्। दुई दिग्गजहरू एउटै मञ्चमा उपस्थित रहने कुरालाई लिएर चर्चा चुलिएको छ। अमित शाहले नागपुरको जामठा इलाकामा राष्ट्रीय क्यान्सर संस्थानको उद्घाटन गर्नेछन्। कार्यक्रममा मुख्यमन्त्री एकनाथ शिन्दे, उपमुख्यमन्त्री देवेन्द्र फडणवीस, केन्द्रिय सड़क परिवहन मन्त्री नितिन गडकरी एवं सरसंघचालक डा. मोहन भागवत उपस्थित रहनेछन्। शाहको एक महिनामा यो दोस्रो महाराष्ट्र भ्रमण हो। यसपूर्व उनी खारघरमा आयोजित महाराष्ट्र भूषण समारोहमा सहभागी बन्न महाराष्ट्र आएका थिए। त्यसपछि आज बुधवार राती उनी नागपुर आइरहेका छन्। शाहको आगमलाई ध्यानमा राखेर सुरक्षाको पुख्ता व्यवस्था गरिएको छ।सूत्र अनुसार अमित शाहको बुधवार राती नागपुरमा भाजपा पदाधिकारीहरूसित भेटघाट गर्ने कार्यक्रम रहेको छ। शाहको बस्ने व्यवस्था रेडिसन ब्लू होटलमा गरिएको छ। यी स्थलहरूमा हिजोदेखि नै पुलिस बल तैनाथ छ। शाहको सुरक्षाको सम्बन्धमा पुलिस आयुक्तले तमाम वरिष्ठ अधिकारीहरूसित बैठक पनि गरेका छन्। पुलिसको बम निरोधक समूहले होटलको सम्पूर्ण परिसरको जाँच गरिसकेको छ। शाहको लागि बुलेटप्रूफ वाहन पनि तयार गरिएको छ। साथै २ डीसीपी, ५० पुलिस इन्स्पेक्टर, १५० पुलिस सब इन्स्पेक्टर तथा २००० पुलिसकर्मी तैनाथ गरिएको छ। बिहीवार शहरको ट्राफिकमा पनि परिवर्तन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement