पालम औ गुरूग्राममा वन्देभारत एक्सप्रेस ट्रेनमाथि फेरि ढुङ्गामुड़ा

1200-675-18348845-thumbnail-16x9-vb-aspera.jpg

जयपुर: अजमेर- दिल्ली क्यान्ट वन्देभारत एक्सप्रेस ट्रेनमाथि फेरि ढुङ्गामुड़ाका घटना भएको छ। यस घटनाले सम्बन्धित अधिकारीहरूको चिन्ता बढाइदिएको छ। यस ट्रेनमा बितेका सात दिनभित्रमा तीनपटक ढुङ्गामुड़ा भइसकेको छ। रेलवेका अधिकारीहरूले बताए अनुसार केही असामाजिक तत्वहरूले गए आइतवार र सोमवार वन्देभारत ट्रेनलाई लक्ष्य बनाए। यो ट्रेन दिल्लीदेखि जयपुर तर्फ आइरहेको थियो। साँझ साढ़े छः बजेदेखि सात बजेबीच ट्रेन पालम र गुरूग्राम स्टेश नजिक पुगेपछि ढुङ्गामुड़ा भयो। यस घटनामा तीनैपटक वन्देभारतको कोच संख्या सी-४ र सी-५ को एउटा एउटा झ्यालको शिशा फुटेको छ।अधिकारीहरूको भनाइ छ, ट्रेनमा तैनाथ आरपीएफले घटनाबारे कन्ट्रोल रूमलाई जानकारी गरायो । त्यसपछि घटनास्थल वरपरका मानिसहरूबाट जानकारी हासिल गरियो। अहिलेसम्म ढुङ्गामुडा गर्ने असामाजिक तत्वहरूको बारेमा जानकारी हात लाग्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement