जंगलमहलमा शुरू भयो कुर्मी आन्दोलन

09_04_2023-kurmi_protest_23380512.jpeg

कोलकाता: अनुसूचित जनजातिको रूपमा मान्यताको माग लिएर कुर्मी समुदायको घाघर घेरा कमिटीद्वारा ढाकिएको १२ घण्टाको हड़तालको कारण बुधवार बिहान बांकुड़ा र झारग्राममा यातायात ठप्प भएको छ।
बांकुड़ाको सिमलापाल प्रखण्डको बिक्रमपुर, खटरा, सरेङ्गा साहित विभिन्न क्षेत्रहरूमा कुर्मी समुदायका मानिसहरू बन्दको समर्थनमा सड़कहरूमा उत्रे। यिनीहरूले बिक्रमपुर क्षेत्रमा बांकुड़ा-झारग्राम राज्य राजमार्ग र खटरा क्षेत्रमा बांकुड़ा-रानीबान्ध मार्गलाई अवरुद्ध गरे। बांकुड़ाको रायपुर, रानीबान्ध, सारङ्गा, सिमलापाल र खटरा प्रखण्डमा बुधवार बिहानैदेखि दोकानहरू र बजारहरू पूर्ण रूपमा बन्द छन्। बस र अन्य यात्री वाहनहरूलाई पनि रोकिएको छ। फलस्वरूप यात्रीहरूलाई समस्या भईरहेछ। यद्यपि, बांकुड़ा सदर अनुमण्डल र बिष्णुपुर अनुमण्डलमा यसको धेरै असर छैन। ती दुवै अनुमण्डल क्षेत्रहरूमा यातायात सामान्य छ। दोकानहरू र बजार पनि खुल्ला छन्।
दुई हप्ताअघि कुर्मी समुदायले पुरूलियाको कुस्तौर र पश्चिम मिदनापुरको खेमाशुलीमा रेल टेका, दोहर का रेल रोक र सड़क रोक कार्यक्रम को आह्वान गरेको थियो, जसमा कुर्मीलाई अनुसूचित जनजातिको रूपमा सूचीबद्ध गर्ने र कुर्माली भाषालाई संवैधानिक मान्यता दिने माग गरिएको थियो। यस कार्यक्रमको कारण लगातार पाँच दिनसम्म दक्षिण पूर्व रेलवेको आद्रा र खड़गपुर शाखाहरूको ट्रेनहरूको आवाजाही बाधित रह्यो। धेरै सड़कहरू बन्द भएकोले यातायात पनि प्रभावित भयो ।पाँच दिनपछि सरकारसित वार्ताको आश्वासनको साथ जाम समाप्त गरियो तर आन्दोलनकारीहरूले भने, यदि छिट्टै नै उनीहरूको माग पूरा नगरिए उनीहरूले फेरि आन्दोलन गर्नेछन्। कुर्मी नेतृत्वसित बारम्बार चर्चा भएपनि राज्य सरकारद्वारा समुदायलाई अनुसूचित जनजातिमा सामेल गर्नका लागि कदम नउठाइएकोमा कुर्मीहरूको घाघर घेरा समितिले बुधवार फेरि जंगलमहल जिल्लाहरूमा ‘हुरका जाम’ (बन्द) को आह्वान गयो। अन्य धेरै सामाजिक संगठनहरूले बाहिरबाट यस आन्दोलनको समर्थन गरे। बन्दको झारग्राममा व्यापक असर परेको छ। झाड़ग्राममा अप्रिय घटना नहोस् यसको निम्ति अलग-अलग ठाउँ पुलिस बलको तैनाती गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement