दशौं शिवकुमार राई प्रतिष्ठान पुरस्कार वरिष्ठ साहित्यकार युवराज काँफ्लेलाई प्रदान

IMG-20230426-WA0188.jpg

खरसाङ: दशौं शिवकुमार राई प्रतिष्ठान पुरस्कार सिलगढीको वरिष्ठ साहित्यकार, पूर्व शिक्षक एंव वरिष्ठ पत्रकार युवराज काँफ्लेलाई प्रदान गरिएको छ। शिवकुमार राई प्रतिष्ठान खरसाङको आयोजनामा यहाँको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा शिवकुमार राई जन्म जयन्तीको अवसरमा सम्पन्न एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको छ। उक्त शिवकुमार राई जयन्ती समारोह अनि पुरस्कार अलंकरण समारोह शिवकुमार राई प्रतिष्ठान खरसाङको सभापति निमा लामाको अध्यक्षता र दार्जिलिङको वरिष्ठ साहित्यकार डा चन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ नारी हस्ताक्षरद्वय उर्मिला घिसिङ र सुभद्र बम्जन उपस्थित रहेका थिए। अतिथहरूको बाहुलीबाट साहित्यकार शिवकुमार राईको तस्वीरमा धुप दिप प्रज्वलन साथै खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरेर थालिएको कार्यक्रममा शिवकुमार राई प्रतिष्ठानको छोटो जानकारी सचिव ग्याल्पो लामाले राखेका थिए। देविका मंग्राती राईद्वारा सञ्चालित कार्यक्रममा शिवकुमार राई प्रतिष्ठानको सभापति एंव पुरस्कार प्रायोजक निमा लामाको पिता स्व पासाङ लामाको संक्षिप्त परिचय कवि सरोजनी देवानले राखेका थिए। त्यसरी वरिष्ठ साहित्यकार एंव पुरस्कार प्रापक साहित्यकार युवराज काँफ्लेको साहित्यिक परिचय साहित्यकार ग्याल्पो लामाले राखेका थिए। वरिष्ठ साहित्यकार युवराज काँफ्लेलाई दशौं शिवकुमार राई प्रतिष्ठान पुरस्कारको रूपमा अतिथिहरूका बाहुलीबाट खदार्पणसहित प्रशंसा पत्र, शिवकुमार राईको तस्वीर अंकित प्रतिक, अंगवस्त्र र प्रतिष्ठानको सभापति निमा लामाले आफ्नो पिता स्व पासाङ लामाको नाममा प्रायोजित गरेको नगदराशि दश हजार पाँच रूपियाँ पनि प्रदान गरिएको छ। पुरस्कार प्रापक साहित्यकार युवराज काँफ्लेले आफ्नो सम्बोधनमा शिवकुमार राई प्रतिष्ठान खरसाङप्रति आभार प्रकट गर्दै मूर्धन्य साहित्यकार शिवकुमार राई विषयमा जानकारी गराएका थिए। कार्यक्रममा रचयिता छेत्री र निर्जला तामाङले कविता पठन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि सुभद्र बम्जन, प्रमुख अतिथि डा चन्द्रकुमार राई अनि सभाध्यक्ष निमा लामाले वक्तव्य राखेका थिए। शिवकुमार राई प्रतिष्ठान पुरस्कार अलंकरण समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै शिवकुमार राई प्रतिष्ठान खरसाङको सचिव ग्याल्पो लामाले यसपाली खरसाङमा १०५औं शिवकुमार राई जन्म जयन्ती साथै शिवकुमार राई प्रतिष्ठान पुरस्कार अलंकरण समारोह सम्पन्न भएको बताएका छन् । उनले १९ जून २०११ मा शिवकुमार राई प्रतिष्ठान गठन गरिएको र सन् २०१३ देखि लगातार रूपमा शिवकुमार राई प्रतिष्ठान पुरस्कार प्रदान गर्दै आएको अनि पहिलो पुरस्कार धनवीर पुरीलाई प्रदान गरिएको र यसपाली दशौं शिवकुमार राई प्रतिष्ठान पुरस्कार सिलगढीको वरिष्ठ साहित्यकार युवराज काँफ्लेलाई प्रदान गरिएको जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *