सदस्यता खारेज हुन्छ भन्ने विषयमा हामी आशावादी छौ: भूटिया
दार्जीलिङ: उषा राईको सदस्यतामाथि राज्य निर्वाचन आयोगले २८ अप्रेलको दिन सुनुवाई गर्ने भएको छ। गत केही महिना अघि सम्पन्न भएको दार्जीलिङ नगरपालिकाको चुनावमा नगरपालिकाको वार्ड नम्बर १५ बाट उषा राई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा चुनावी मैदानमा ओर्लिएकी थिईन् अनि उनी वार्ड नम्बर १५ बाट निर्वाचित नगर पार्षदिका चयन भएकी थिईन। उषा राई निर्वाचित हुनअधि पोस्ट अफिसका एक कर्मचारीको पदमा आसिन थिइन। आफ्नो पदको दुरुपयोग गर्दै उषा राईले १ करोड रूपियाँभन्दा धेरै रकमको हिनामिना गरेको थाहा पाएपछि घटनाको जाँच गर्न विभागले विभागीय जाँचकार्य गरेको थियो, जसमा उषा राईले एक करोड रूपियाँ भन्दा धेरै रकम हिनामिना गरेको प्रमाण भेट्टाएपछि उनलाई नोकरीबाट निष्काशित गरिएको छ। पश्चिम बंगाल नगरपालिका नियमअनुरूप कुनै पनि निर्वाचित नगरपार्षद एंव नगरपार्षदिका भष्ट्राचार आदि जस्ता विषयहरूमा लिप्त भएको पाइएको खण्डमा उसको सदस्यता खारेज गरिने स्पष्ट शब्दमा उल्लेख गरिएको छ, यी विषयहरूको अवगत गराउँदै हाम्रो पार्टीले राज्य निर्वाचन आयोग समक्ष उषा राईको विरोधमा याचिका दर्ता गरेको थियो। राज्य निर्वाचन आयोगले यस संदर्भमा केही अन्तराल अघिमात्र दार्जीलिङ पुलिस र पोस्ट अफिसलाई रिपोर्ट मांगेका थिए अनि दार्जीलिङ पुलिसले उषा राई विरूद्ध दर्ता गरिएको प्राथमिकीदेखि लिएर विभागीय जाँचद्वारा प्रमाण प्राप्त भएपछि उनलाई नोकरीबाट निष्काशित गरिएको सबै जानकारी निर्वाचन आयोगलाई सुम्पिएका थिए। यी सबै विषयहरूलाई ध्यानमा राख्दै राज्य निर्वाचन आयोगले २८ अप्रैल २०२३ को दिन २ बजे कोलकातास्थित राज्य निर्वाचन आयोगको कार्यालयमा सुनुवाई गर्ने भएको छ। यसको निम्ति राज्य निर्वाचन आयोगले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई पनि सूचित गराएको जानकारी प्राप्त छ। यसै संदर्भमा हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भूटियाले, भोली बिहिबार हाम्रो पार्टीको प्रतिनिधि टोलीसंग पार्टीका बरिष्ठ अधिबक्ताहरू कोलकाता प्रस्थान हुनेछन भन्ने जानकारी गराए। तिनले अधि भने, बंगाल नगरपालिका एक्टमा भष्ट्राचारी,धाधली आदि जस्ता घटनाहरूमा लिप्त पाएका सरकारी कर्मचारी एंव निष्काशित कर्मचारीहरूलाई महत्वपूर्ण पदमा आसिन रहने अनुमति दिएइको छैन, त्यसकारण उषा राईको सदस्यता खारेज हुन्छ भन्ने विषयमाथि हामी आशावादी छौ।











