२६ अप्रेलः आईपीएल २०२३-मा यदि कुनै ब्याटरको आफ्नो प्रदर्शनद्वारा सबैलाई चकित बनाएका छन् भने त्यस खेलाड़ीको नाम हो अजिंक्य रहाणे। त्यही रहाणे जसले लामो समयपछि भारतीय टीममा फर्किने मौका पनि पाएका छन्। उनले आईपीएल २०२३-मा अहिलेसम्म ५ वटा म्याच खेलेर १९९.०४-को स्ट्राइक रेटले २ वटा अर्द्धशतकको साथ २०९ रन बनाएका छन्। यस प्रदर्शनको आधारमा ३४ वर्षीय रहाणेलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको निम्ति भारतीय टीममा स्थान दिइयो, जुन ७-देखि ११ जूनसम्म अष्ट्रेलिया विरुद्ध खेलिनेछ। रहाणे लगभग डेढ़ सालपछि भारतीय टीममा फर्किएका छन्। यसको साथमा रहाणेले पूरा सीजनमा रन बनाउन जारी राखे यस सालको अन्ततिर हुने वनडे वर्ल्ड कपको टीममा पनि उनले स्थान पाउन सक्छन्।
यस साल अक्टोबर-नोभेम्बर महिना भारतमा आईसीसी वनडे वर्ल्ड कपको आयोजन हुनेछ। वर्ल्ड कपमा भारतीय टीम कस्तो हुनेछ भन्ने हेर्नु रोचक हुनेछ तर त्यस टीममा रहाणेले स्थान पाए पनि आश्चर्यजनक केही हुनेछैन। भारतीय टीमले अहिले फेरि एकपल्ट २०१९ वर्ल्ड कप जस्तै समस्याको सामना गर्नु परिरहेको छ। त्यो समस्या हो चौथो नम्बरको ब्याटिंगलाई लिएर। भारतीय टीममा अहिलेसम्म कुनै पनि ब्याटरले चौथो नम्बरमा आफ्नो दावेदारी पक्का गर्न सकेका छैनन्। यसबीच वनडेमा रहाणेको चौथो नम्बरमा प्रदर्शनमाथि ध्यान दियौं भने उनलाई सजिलै पन्साउन पनि सकिँदैन। रहाणेले आफ्नो वनडे करियरमा चौथो नम्बरमा खेल्दै २५ वटा ईनिंग्समा ३६.६५-को औसतले ८४३ रन बनाएका छन्, जसमा ६ वटा अर्द्धशतक सामेल छ। रहाणेले टीमको शीर्ष क्रम विफल हुँदा नै आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेर देखाएका छन्। रहाणेले समग्रमा ९० वटा वनडे म्याच खेलेर ३५.२६-को औसतले ३ वटा शतक र २४ वटा अर्द्धशतकको साथ २९६२ रन बनाएका छन्।
बीसीसीआई म्यानेजमेण्टले आउँदो वर्ल्ड कपको योजनाहरूमा रहाणेलाई सामेल गरे यस्ता एकजना दिग्गज खेलाड़ीको स्थान खतरामा पर्नेछ, जसले आफ्नो अद्भूत शट्हरूको साथ क्रिकेट जगतमा खलबली मचाएका छन्। त्यस खेलाड़ीको नाम हो सूर्यकुमार यादव। सूर्यकुमारले आईपीएलमा अहिलेसम्म आफ्नो ख्याति अनुरूप प्रदर्शन गर्न सकेका छैनन्। यसको साथमा अष्ट्रेलिया विरुद्ध हालै भएको तीनवटा वनडे सीरीजमा उनले एक रन पनि बनाउन सकेनन्। टी२० क्रिकेटका बादशाद मानिने सूर्यकुमारको वनडे करियर उत्तिकै निराशाजनक रहेको छ। उनले गत १५ वटा ईनिंग्सदेखि अर्द्धशतक बनाउन सकेका छैनन्। सूर्याले अहिलेसम्म २४ वटा वनडे म्याच खेलेर २४.०६-को औसतले ४३३ रन बनाएका छन्। यसमा २ वटा अर्द्धशतक सामेल छ।










