ला लीगाः गिरोना विरुद्ध लाजमर्दो हारको सम्मुखीन भयो रियल म्याड्रिड

IMG-20230426-WA0098.jpg

२६ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडको खिताब बचाउने सम्भावनालाई ठूलो धक्का लाग्यो। मंगलवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडलाई गिरोनाले ४-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा केवल २८ प्रतिशत पोजेशनको साथ खेले पनि भेलेण्टाइन कास्टेलानोसको असाधारण प्रदर्शनले गिरोनालाई यादगार जीत दिलायो। कास्टेलानोसले आफ्नो करियरको सबैभन्दा यादगार प्रदर्शन गर्दै म्याचमा ह्याट्रिकसहित जम्मा ४ गोल गरे। अर्जेण्टिनाई फरवर्डले म्याचको १२औं, २४औं, ४६औं र ६२औं मिनटमा गोल गरे। यसरी नै रियल म्याड्रिडबाट विनिसियस जूनियरले ३४औं र लुकास भास्क्वेजले ८५औं मिनटमा गोल गरे। ला लीगामा रियल म्याड्रिड विरुद्ध कास्टेलानोस कुनै एउटा म्याचमा चार गोल गर्ने एस्टेबान एचेभारिआपछि पहिलो खेलाड़ी बने। एचेभारिआले १९४७-मा रियल विरुद्ध चार गोल गरेका थिए। यसरी नै अहिले बार्सिलोनामा रहने रोबर्ट लेवाण्डोस्कीले २०१३-को च्याम्पियन्स लीगमा बोरुसिया डर्टमण्डबाट खेल्दै रियल विरुद्ध ४ गोल गरेका थिए। यस हारपछि ला लीगा टेबलको दोस्रो स्थानमा रहने रियल म्याड्रिडको ३१ वटा म्याचमा ६५ पोइण्ट पुग्यो। कार्लो एन्सेलोट्टीको टीमसँग अहिले शीर्ष स्थानमा रहने बार्सिलोनाभन्दा ११ पोइण्ट कम्ती रहेको छ। बार्सिलोनाले रियलभन्दा एउटा म्याच कम्ती पनि खेलेको छ। यसरी गिरोना ४१ पोइण्टको साथ नवौं स्थानमा पुगेको छ। यसरी रियल बेटिस र रियल सोसिएदादबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। रियल सोसिएदाद ५५ पोइण्टको साथ चौथो अनि रियल बेटिस ४९ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा ओसासुनाले काडिजलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement