आईपीएल २०२३:मुम्बई इण्डियन्स विरुद्ध ५५ रनले विजयी गुजरात टाइटन्स

IMG-20230425-WA0277.jpg

२५ अप्रेलः गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३५औं म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ५५ रनको ठूलो अन्तरले पराजित गऱ्यो। अहमदाबादमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। ओपनर शुभमन गिलले ७ वटा चौका र एउटा छक्काको साथ ३४ बलमा सर्वाधिक ५६ रन बनाए। यसबाहेक डेविड मिलरले २२ बलमा ४६ (४ वटा छक्का र २ वटा चौका) अनि अभिनव मनोहरले २१ बलमा ४२ रन (३ वटा छक्का र ३ वटा चौका) बनाए। राहुल तेवतियाले ३ वटा छक्काको साथ ५ बलमा अविजित २० रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा लेग स्पिनर पीयुष चावलाले सर्वाधिक २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। नेहाल वाधेराले ३ वटा छक्का र ३ वटा चौकाको साथ २१ बलमा सर्वाधिक ४० रन बनाए। यसबाहेक क्यामरन ग्रीनले ३३ र सूर्यकुमार यादवले २३ रन बनाए। शीर्ष क्रममा कप्तान रोहित शर्मा २, तिलक वर्मा २ र टिम डेविड शून्य रनमा आउट हुँदा गुजरातलाई म्याच जित्न असुविधा भएन। विजेता टीमका बलरहरूमा नूर अहमदले सर्वाधिक ३ विकेट लिए। यसरी नै राशिद खान र मोहित शर्माले २-२ सफलता हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *