गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय राज्य मामिला मन्त्री अजय कुमार मिश्राले आज दक्षिण जिल्लाको नाम्चीस्थित चारधामको भ्रमण गरे। उनलाई स्वागत जनाउनको निम्ति नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमार, पुलिसल अधिक्षक मनिश कुमार बर्मा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। मन्त्री मिश्रालाई आज आइआरबी पिपलेका दोस्रो बटालियनले गार्ड अफ् अनर गर्दै सम्मान जनायो। तीन दिवसीय भ्रमणमा आएका केन्द्रीय राज्य मन्त्रीले राज्यको विभिन्न निकायसँग बैठक गर्ने भएको छ।