सिक्किममा विभिन्न केन्द्रीय योजनाहरूको अवस्थाबारे गृह राज्यमन्त्री मिश्रले लिए रिपोर्ट

IMG-20230425-WA0271.jpg

गान्तोक: भारत सरकारका गृह राज्यमन्त्री अजय कुमार मिश्रले आज यहाँको टाशीलिङ सचिवालयमा राज्य सरकारको विभिन्न लाइन विभागका प्रमुखहरूसित विभिन्न केन्द्रीय योजनाहरूको स्थिति बारेमा बैठकको अध्यक्षता गरे।
यस बैठकको उद्देश्य विभिन्न केन्द्रीय योजनाहरूको कार्यान्वयन बारे जानकारी लिनु रहेको थियो। बैठकमा विभिन्न लाइन विभागले केन्द्र सरकारद्वारा प्रायोजित योजनाहरू बारे केन्द्रयी मन्त्रीलाई पावन पोइन्ट प्रेजेन्टेशन मार्फत जानकारी गराएको थियो।
राज्य सरकारको ग्रामीण विकास विभागका आयुक्त तथा सचिव डी आनन्दनले विभागद्वारा लागु गरिएका विभिन्न केन्द्रीय योजनाको संक्षिप्त प्रस्तुती दिए जसमा एमजी नरेगा, प्रधानमन्त्री ग्राम सड़क योजना, सिक्किम ग्रामीण आजीविका मिशन, प्रधान मंत्री माइक्रो फूड प्रोसेसिङ इन्टरप्राइजेज स्कीम, स्टार्ट-अप गाउँ उद्यमशीलता कार्यक्रम, आजिविका ग्रामीण एक्सप्रेस योजना, जल जीवन मिशन, स्वच्छ भारत मिशन (ग्रामीण) र राष्ट्रिय ग्राम स्वराज अभियान रहेको थियो। यसको साथै एसआरएलएम अन्तर्गत टेलरिङ र उत्पादन मार्केटिङ जस्ता गतिविधिहरू बारे पनि केन्द्रीय मन्त्रीलाई जानकारी गराए।
यसरी नै प्रहरी महानिरीक्षक डीबी गिरी आफ्नो प्रस्तुतिमा केन्द्र सरकारद्वारा प्रायोजित योजनाहरू जस्तै इमर्जेन्सी रेस्पोन्स सपोर्ट सिस्टम, स्टुडेन्ट पुलिस क्याडेट, मानव बेचबिखन विरोधी इकाई, निर्भया कोष अन्तर्गत महिला हेल्प डेस्क, अपराध र आपराधिक ट्र्याकिङ जस्ता योजनाहरू माथि प्रकाश पारे।
केन्द्रीय मन्त्रीलाई जानकारी गराउने क्रममा स्वास्थ्य विभागका सह प्रवन्ध निर्देशक डा. अनुषा लामाले विभिन्न स्वास्थ्य योजना बारे जानकारी गराइन्। यसरी नै विभिन्न विभागका अधिकारीहरूले आ-आफ्नो विभागको गतिविधि बारे केन्द्रीय मन्त्रीलाई अवगत गराए।
राज्यमन्त्री अजय कुमार मिश्रले आफ्नो छोटो सम्बोधनमा सिक्किम सरकारका विभिन्न विभागमा भइरहेका कामहरूको सराहना गरे। यस क्रममा उनले राज्यमा आङगनवाडी कार्यकर्ता र स्वास्थ्यकर्मीहरूले गरेको कामको विशेष प्रशंसा गरे। साथै उनले स्वास्थ्य क्षेत्रलाई ग्रामीण क्षेत्रमा युद्धस्तरमा काम गर्न आग्रह पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *