बिरिङमा साहित्यिक कार्यक्रम सम्पन्न

IMG-20230425-WA0272.jpg

गान्तोक: गत केही दिनअघि तल्लो बिरिङस्थित वुमेन्स सोशल वर्कर्स ग्रुप तथा संस्कृति परिषद्, सिक्किमको संयुक्त तत्वावधानमा एक साहित्यिक कार्यक्रम सम्पन्न भयो। कथाकार युवा बरालको अध्यक्षतामा तथा सिनेकर्मी एवं भारतीय गोर्खा परिसङ्घ, सिक्किम शाखाका अध्यक्ष चुनिलाल घिमिरेको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय साहित्यिक सर्जकहरू एवं कलाप्रेमीहरूले आ-आफ्ना सिर्जना तथा कला प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि चुनिलाल घिमिरेले यसरी स्थानीय कलाकारहरूले आ-आफ्नो संस्कृतिलाई विनाश हुनबाट बचाउनमा जुन योगदान दिएका छन्, त्यसको सराहना गर्दै भविष्यमा नेपाली जाति र भाषाको विकासमा यिनै सर्जकहरूको प्रमुख योगदानलाई इतिहासले संरक्षण दिने कुरा बताए। यसका साथै उनले संस्कृति परिषद्को सराहनीय पहलको पनि उनले भरपूर प्रशंसा गरे। यसै क्रममा संस्कृति परिषद्का प्रमुख संयोजक थमन नौबागले हामीले हाम्रा संस्कृतिलाई जोगाएर राख्न सकेमात्र नेपाली जाति सुरक्षित रहने मन्तव्य प्रस्तुत गरे।
राम गौरी सङ्ग्रहालयका संस्थापक गणेश प्रधान, स्थानीय पञ्चायत, डी. बी. छेत्री, शिवाकोटी ‘राजेन-चन्द्र’, स्थापित पत्रकार अर्जुन पीयूष, नाटककार विक्रम गौतम, वरिष्ठ पत्रकार अमर कटुवाल आदि विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका कार्यक्रमलाई ललिता छेत्री, अध्यक्ष वुमेन्स सोशल वर्कर्स ग्रुप-ले स्वागत गरेकी थिइन् भने तुलसी घिमिरे ‘कश्यप’, संस्थापक शारदा पुस्तकालय लोअर बिरिङ अन्य अन्यद्वारा कार्यक्रमलाई सञ्चालन गरिएको थियो।
तुलसी घिमिरे ‘कश्यप’-द्वारा संक्षिप्त रूपमा सञ्चालित कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि राखिएको थियो, जसमा विभिन्न तहका विद्यार्थीहरूलो अंशग्रहण गरेका थिए।
कार्यक्रमको प्रमुख आकर्षणमा वुमेन्स वर्कर्स ग्रुपद्वारा कार्यक्रमका मुख्य अतिथि चुनिलाल घिमिरेलाई अभ्यार्थना गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *