गान्तोक: जोरधाङ पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। यस घटनामा पक्रा पर्ने व्यक्तिको नाम अनिकेत दर्जी हो।पुलिस रिपोर्ट अनुसार, सोमवार सूत्रहरूले अनिकेत दर्जीलाई जोरथाङ नाम्ची मार्गस्थित गोसखान डाँडामा प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको सूचना दिए। यसपछि, पुलिस दल घटना स्थलमा पुगेर कानून अनुसार आरोपित व्यक्तिको छानबिन गयो। यसावधि, पुलिसले आठवटा सानो सानो पाउचमा खैरो रंगको ७.१३ ग्राम पाउडर फेला पारे। उक्त पाउडर ब्राउन शुगर हुन सक्ने बताइएको छ। आरोपित व्यक्तिको स्कुटी पनि जफत गरिएको छ। पुलिसले २२ वर्षीय अनिकेत विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।