कोलकाता: महानगरको विरासत संरचनाहरूमा सामेल जोड़ासाङ्कोको त्यो ठाकुरबारी जहाँ गुरूदेव रविन्द्रनाथ टैगोरको जन्म भएको थियो, त्यस परिसरमा सत्तारूढ़ तृणमूल कांग्रेसको अफिस बनाउनलाई लिएर कलकत्ता हाई कोर्टले सख्ती देखाएको छ।
यही परिसरमा रवीन्द्र भारती विश्वविद्यालय छ।नियमानुसार यहाँ कुनै प्रकारको पनि निर्माण वा तोड़फोड़ बिना अनुमति गर्न मिल्दैन तरैपनि यहाँ लामो समयदेखि तृणमूल छात्र परिषदको अफिस बनिरहेछ। यसलाई कोर्टले पहिले नै हटाउने निर्देश दिएको थियो तर कोलकाता नगर निगम मौन छ।
यसलाई लिएर मंगलवार सुनवाईमा हाई कोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनम र हिरणमय भट्टाचार्यको खण्डपीठले भन्यो, नगर निगमको भूमिका आपत्तिजनक छ। जुनैपनि अवैध निर्माण भईरहेछ, त्यसलाई तुरन्तै तोड्नपर्नेछ आगामी ४५ दिनभित्र कलकत्ता हाई कोर्टलाई यस सम्बन्धमा रिपोर्ट पनि दिनपर्नेछ। न्यायाधीशले भने, रिपोर्ट ४५ दिनमा दिनपरे पनि जुन अवैध निर्माण छ, त्यो बुधवारसम्म तोड्नुपर्छ।विश्वविद्यालयमा अवैध निर्माणलाई लिएर सोशल मीडियामा राज्य सरकारको कड़ा आलोचना भएको थियो तर यसको धेरै अधिक असर भएन।