अवैद्य लागु पदार्थ सहित एकजना पक्राउ

6c8ec480-ba53-44d4-9084-4566138b60ea

कालचिनीः अवैद्य लागु पदार्थ एवम् नशालु औषधि विरुद्धको अभियानमा जयगाउँ थानाको पुलिसबलले सफलता प्राप्त गरिरहेको क्रममा मंगलबार साँझ जयगाउँ गोपीमोहन क्षेत्रबाट फेरि एकजना मंगल सरकार उर्फ गुड्डू उमेर २९ लाई १२ हजार अवैद्य नशालु औषधि स्पाज्मो प्रोक्सिवियन क्यापसुल र ५०० पीस नशालु नाइट्रोसन १० ट्याबलेट सहित पक्राउ गरेको छ।
पक्रा परेका युवक जयगाउँ प्रमोद नगर निवासी रहेको पुलिसले जनाएका छन्।
आरोपी युवकलाई एनडीपीएस एक्ट अन्तर्गत जलपाइगढी जिल्ला अदालतमा पठाईने जयगाउँ थाना सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement