पञ्चायती राज दिवस एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Untitled-1-copy-176

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत राभाङ-बर्फुङ जीपीयूमा सोमवार पञ्चायती राज दिवस एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको आयोजना सिस्को र एसबीआई ब्याङ्कको सहयोगमा स्थानीय पञ्चायतगणले गरेका थिए। कार्यक्रममा भूतपूर्व एसई सोनाम पिञ्चो भोटिया मुख्य अतिथि थिए। कार्यक्रममा पूर्व पञ्चायत छिरिङ डोमा भोटिया र कर्मा सेराब भोटियालाई अभिनन्दन जनाइएको थियो। यस अवसरमा वित्तीय साक्षरता विषय खुल्ला हाजिरी जवाफ प्रतियोगिता पनि राखिएको थियो।

कार्यक्रममा मुख्य अतिथि भोटियाले सिस्को ब्याङ्बको दृष्टि योजनाअन्तर्गत निम्न आर्थिक वर्गका दश वर्षसम्मका दशजना विद्यार्थीको जीवन बीमा गरिने जानकारी गराएक। कार्यक्रममा खण्ड विकास अधिकारी उपेन्द्र राई, स्थानीय ग्राम पञ्चायत सभापति सरिता ठटाल आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement