जिल्लाको विकासका लागि निर्वाचित प्रतिनिधिहरू र सम्बन्धित विभाग मिलेर काम गर्नुपर्छः सांसद सुब्बा

Untitled-1-copy-175

गान्तोकः गान्तोक जिल्ला पञ्चायत गठन भएपछि आज लोक सभा सांसद इन्द्रहाङ सुब्बाले प्रथम दिशा बैठकको अध्यक्षता गरे। जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा आयोजित बैठकमा जिल्लापाल तुषार जी. निखारे, जिल्ला अध्यक्ष बलराम अधिकारी, निर्वाचित प्रतिनिधिहरू तथा विभागीय अधिकारीहरू उपस्थित थिए।

सांसद सुब्बाले नवनिवाचित पञ्चायत सदस्यहरूलाई बधाई एवं शुभकामना दिए। उनले जिल्लाको विकासका लागि निर्वाचित प्रतिनिधिहरू र सम्बन्धित विभागले मिलेर काम गर्नुपर्छ भनी बताए। उनले रानी खोलाप्रति चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई प्रभावकारी तरिकाले काम गर्न आह्वान गरे। उनले समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्राप्त गर्न सकिने योजना तयार गर्न सुझाउ पनि दिए।

जिल्लापाल निखारेले बैठकको माध्यमद्वारा विभिन्न विभागका योजनाहरूको बारेमा जानकारी प्राप्त गर्न मद्दत पुगेको बताए। उनले जिल्लाको समग्र विकासमा सम्बन्धित विभागहरूको समर्थनको सराहना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement