गुवाहाटी: गुवाहाटीको जोराबाट पुलिस चौकी प्रभारी कपिल पाठकको नेतृत्वमा चलाइएको अभियानमा अरूणाचल प्रदेशको राजधानी इटानगरबाट अवैध रूपमा २९वटा पशुहरूलाई मेघालयको पशु बजार लगिरहेको एउटा ट्रकलाई जफत गरिएको छ। जोराबाट पुलिस चौकी प्रभारी अनुसार, मंगलवार बिहान चलाइएको अभियानमा इटानगरबाट तेजपुर, खारूपेटिया, मंगलदोई, बाइहाटा चाराली हुँदै मेघालयमा बर्नीहाट पशु बजारसम्म २९ वटा पशुहरुलाई लिएर गईरहेको ट्रक (डब्लूबी-५१-८३३९) लाई जफत गरियो। यस मामिलामा ट्रक चालकलाई पक्राउ गरिएको छ। जफत गरिएका सबै पशुहरूलाई बड़ो क्रूर तरीकाले चारै खुट्टा बाँधेर लगिन्दैथियो पक्रा परेको आरोपितको पहिचान पश्चिम बंगालको पलासी निवासी चैतन्य कुन्डू (४०) को रूपमा गरिएको छ यस मामिलामा पुलिसले एक प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ।









