नेपालको उपनिर्वाचनमा आरएसपी अध्यक्ष रवि लामछाने विजयी

Untitled-1-copy-171

काठमाण्डौंः नेपालको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ को सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीका अध्यक्ष रवि लामिछाने विजयी भएका छन्। उनले प्रतिद्वन्दीहरुलाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

लामिछानेले कुल खसेको मतमध्ये ६९ प्रतिशत मत ल्याए। चितवनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठको भन्दा लामिछानेको मत ४३ हजारले बढी रह्यो।लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट दोषी ठहर भएपछि सांसद पद गुमाउन पुगेका थिए। उनी २० नोभेम्बर २०२२ मा जितेको संसद सिट खाली भएपछि २३ अप्रेलमा उपनिर्वाचन भएको हो।

चार महिनाको अन्तरालमा लामिछाने दोस्रो पटक सांसद निर्वाचित भएका छन्। उनले २० नोभेम्बरको चुनाउभन्दा बढी मत ल्याए। चुनावी परिणामले मुख्य दलहरु नेपाली काँग्रेस र सीपीएन यूएमएल दुवैलाई धक्का लागेको छ। उनीहरुका उम्मेदवारले उपनिर्वाचन भएको तीनवटै क्षेत्रमा चार महिना अघिको भन्दा कम मत प्राप्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement